Popular Posts

Wednesday, November 30, 2011

गरीबी पीडा र अभाब;सबै सन्तान दृष्टिविहीन


गरीबी पीडा र अभाब;सबै सन्तान दृष्टिविहीन

रुकुमको गरायला-३, चौखाकी ३० वर्षीया रुपा गन्धर्वले विवाह गरेको आठ वर्षमै १० सन्तानलाई जन्म दिइन्। तीमध्ये बाँचेका चारै जना सात वर्षीय गणेश, दुई वर्षकी मनीषा र तीन महिनाका जुम्ल्याहा गङ्गा-जमुना दृष्टिविहीन छन्, आँखा देख्दैनन्। सबैका आँखाका नानी सेतै फुलेका छन्, तर एक निम्नवर्गीय दलित परिवारकी रुपाले पैसाको अभावमा उनीहरूको उपचार गराउन सकेकी छैनन्। रुपाका छोराछोरीको उपचार जिल्लामा सम्भव नभएको जिल्ला अस्पताल रुकुमका चिकित्सक डा. युधिष्ठिर खड्का बताउँछन्।
जन्मेको एक महिनादेखि एक वर्षको बीचमा मृत्यु भएका उनका अरू ६ सन्तान पनि आँखा देख्दैनथे। “बाँचेका छोराछोरी सबै आँखा नदेख्ने भएकाले नै आठ वर्षमा १० सन्तान जन्माउने बाध्यता परेको थियो”, उनले भनिन्, “जहाँ पातलो त्यहीँ चुहिँदोरहेछ। भगवानले पनि मलाई नै कस्तो सजाय दिएका होलान्!” यो पीडा त छँदै थियो, श्रीमान् दिलबहादुर गन्धर्वले पनि रुपालाई हेरविचार गर्न छाडेर दोस्रो विवाह गरेका छन्। दोस्री पत्नीबाट उनका दुई स्वस्थ छोरा-छोरी जन्मेका छन्।
बर्सेनि बच्चा जन्माएकी र सुत्केरी अवस्थामा पर्याप्त आराम एवं पोषिलो खाना नपाएकी रुपाको शरीर अत्यन्त कमजोर भएको छ। डा. खड्काले अब पनि बच्चा पाउन खोजेमा आमाकै ज्यान जान सक्ने बताए।

No comments:

Post a Comment