Popular Posts

Wednesday, November 30, 2011

बुँदा र राजनैतिक सहमति अब भयो अति !


बुँदा र राजनैतिक सहमति अब भयो अति !

संविधानसभाको म्याद छ महिनाका लागि थप : संविधानसभाको म्याद चौथौपटक छ महिनाका लागि थप गरिएको छ । व्यवस्थापिका संसद्को आजको बैठकले अन्तरिम संविधानको ११औं पटक संशॊधन गरेर संविधानसभाको म्याद छ महिना थप गरेको हो । सरकारका तर्फबाट ऊर्जामन्त्री पोष्टबहादुर बोगटीले प्रस्तुत गर्नुभएको अन्तरिम संविधान ११औं संशोधन विधेयक संसद्मा बहुमतले पारित गरेको हो । संविधान संशोधनको प्रस्तावमा संसद्मा उपस्थित पाँच सय आठ सदस्यमध्ये पाँच सय पाँच सदस्यले पक्षमा मतदान गरेका थिए । विपक्षमा राप्रपा नेपालका तीन सदस्यले मतदान गरेका थिए । अन्तरिम संविधान २०६३ को धारा ६४ मा संविधानसभाको म्याद संविधानसभा बैठक बसेको मितिले दुई वर्षको हुने भनिए पनि तोकिएको समयमा संविधान जारी हुन नसकेपछि दलहरुले पटक-पटक अन्तरिम संविधान संशोधन गर्दै र संविधानसभाको म्याद थप गर्दै आएका छन् । संविधानसभाको म्याद थपका लागि अन्तरिम संविधान चौथौपटक संशोधन गरिएको हो । म्याद थपसँगै संविधानसभाको कार्यकाल चार वर्षको भएको छ ।

No comments:

Post a Comment