Popular Posts

Wednesday, November 30, 2011

नौमुलेको ११ वर्ष अघिको कालो रातको सम्झना ‘गोलीले छियाछिया बनेको शरीर लिएर बचाउनुस् आमा भन्दै चौकीबाट म सुतेको खाटमा आयो । माओवादीहरू घरभित्र पस्ने डरले छोरालाई भकारीमा लुकाएँ । केहीबेरमै उनीहरूको हूल आयो । हामीलाई कुटेर बाहिर ल्याए र भकारीमा बम बर्साएछन् । छोराको प्राण भकारीमै गयो ।’ ०५७ चैत २४ को त्यो घटनाको बेलीविस्तार सुनाउँदै गर्दा ७२ वर्षीया रत्नाकला जैसीको मन थामिनसक्नुभयो । बोल्दाबोल्दै शब्दहरू रोकिए । जुन रात दैलेखको तोली-५ स्थित नौमुले इलाका प्रहरी कार्यालय माओवादी निशानामा परी पूर्णरूपमा ध्वस्त भएको थियो । त्यही आक्रमणमा परी स्थानीय रत्नाकलाको छोरा महेशसहित ३२ प्रहरीको ज्यान गयो । आक्रमणमा बच्न आमाको काखमा पुगेका प्रहरी जवान महेश घरमै खरानी भए । आक्रमणकारीले रत्नाकलाको छोरा महेशसँगै अन्य प्रहरीहरू लुकेको आशंकामा चौकीनजिक रहेको उनको घर पनि ध्वस्त पारे ।

No comments:

Post a Comment