राजधानीमा बर्डफ्लु आतंक !
BY ADMIN, ON NOVEMBER 30TH, 2011
सरकारले नेपाललाई बर्डफ्लू मुक्त राष्ट्र घोषणा गरेको पाँच महिना नबित्दै उपत्यकामै बर्डफ्लू अर्थात एच फाईभ एन वान भेटिएको छ । भक्तपुर र काठमाडौंको सिमानामा पर्ने सुकुम्बासी बस्तीका घरपालुवा कुखुरामा बर्डफ्लू भेटिएको हो । त्यहां रहेका खुकुरा अचानक मरेपछि परीक्षणका लागि बेलायत पठाइएको नमूनामा बर्डफ्लु रहेको प्रमाणित भएको हो । बर्डफ्लु रहेको पाइएपछि सरकारले सो क्षेत्रमा रहेका कुखुरा मार्ने र औषधि छर्कने अभियान सुरु गरेको हो । यसअघि झापा लगायत केही ठाउँमा बर्डफ्लू भेटिए पनि काठमाडौं उपत्यकामै फेला परेको भने पहिलोपटक हो । सरकारले गत असार २९ गते नेपाललाई बर्डफ्लूमुक्त राष्ट्र घोषणा गरेको थियो ।बर्डफ्लू रोग नियन्त्रण आदेश २०६४ अनुसार जीवाणु देखिएको १० किलोमिटर वरपरको क्षेत्रलाई निगरानीमा राखिन्छ भने तीन किलोमिटर वरपरको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरिन्छ ।
नेपालमा पहिलोपटक सन् २००९ मा बर्डफ्लू भेटिएपछि १० हजारभन्दा बढी कुखुरा तथा हाँस मारिएका थिए । त्यसपछि अधिकांश क्वारेन्टाइनमा बलियो परीक्षण संयन्त्र बनाएको भन्दै सरकारी अधिकारीहरुले सहजै नेपालमा बर्डफ्लू भित्रन नसक्ने दाबी गरेका थिए । सन् १९९७ मा हङकङमा यो रोग पक्षीबाट मानिसमा सरेको प्रमाणीत भएको थियो ।
No comments:
Post a Comment