Popular Posts

Wednesday, November 30, 2011

बुँदा र राजनैतिक सहमति अब भयो अति !


बुँदा र राजनैतिक सहमति अब भयो अति !

संविधानसभाको म्याद छ महिनाका लागि थप : संविधानसभाको म्याद चौथौपटक छ महिनाका लागि थप गरिएको छ । व्यवस्थापिका संसद्को आजको बैठकले अन्तरिम संविधानको ११औं पटक संशॊधन गरेर संविधानसभाको म्याद छ महिना थप गरेको हो । सरकारका तर्फबाट ऊर्जामन्त्री पोष्टबहादुर बोगटीले प्रस्तुत गर्नुभएको अन्तरिम संविधान ११औं संशोधन विधेयक संसद्मा बहुमतले पारित गरेको हो । संविधान संशोधनको प्रस्तावमा संसद्मा उपस्थित पाँच सय आठ सदस्यमध्ये पाँच सय पाँच सदस्यले पक्षमा मतदान गरेका थिए । विपक्षमा राप्रपा नेपालका तीन सदस्यले मतदान गरेका थिए । अन्तरिम संविधान २०६३ को धारा ६४ मा संविधानसभाको म्याद संविधानसभा बैठक बसेको मितिले दुई वर्षको हुने भनिए पनि तोकिएको समयमा संविधान जारी हुन नसकेपछि दलहरुले पटक-पटक अन्तरिम संविधान संशोधन गर्दै र संविधानसभाको म्याद थप गर्दै आएका छन् । संविधानसभाको म्याद थपका लागि अन्तरिम संविधान चौथौपटक संशोधन गरिएको हो । म्याद थपसँगै संविधानसभाको कार्यकाल चार वर्षको भएको छ ।

राजधानीमा बर्डफ्लु आतंक !


राजधानीमा बर्डफ्लु आतंक !

सरकारले नेपाललाई बर्डफ्लू मुक्त राष्ट्र घोषणा गरेको पाँच महिना नबित्दै उपत्यकामै बर्डफ्लू अर्थात एच फाईभ एन वान भेटिएको छ । भक्तपुर र काठमाडौंको सिमानामा पर्ने सुकुम्बासी बस्तीका घरपालुवा कुखुरामा बर्डफ्लू भेटिएको हो । त्यहां रहेका खुकुरा अचानक मरेपछि परीक्षणका लागि बेलायत पठाइएको नमूनामा बर्डफ्लु रहेको प्रमाणित भएको हो । बर्डफ्लु रहेको पाइएपछि सरकारले सो क्षेत्रमा रहेका कुखुरा मार्ने र औषधि छर्कने अभियान सुरु गरेको हो । यसअघि झापा लगायत केही ठाउँमा बर्डफ्लू भेटिए पनि काठमाडौं उपत्यकामै फेला परेको भने पहिलोपटक हो । सरकारले गत असार २९ गते नेपाललाई बर्डफ्लूमुक्त राष्ट्र घोषणा गरेको थियो ।बर्डफ्लू रोग नियन्त्रण आदेश २०६४ अनुसार जीवाणु देखिएको १० किलोमिटर वरपरको क्षेत्रलाई निगरानीमा राखिन्छ भने तीन किलोमिटर वरपरको क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरिन्छ ।
नेपालमा पहिलोपटक सन् २००९ मा बर्डफ्लू भेटिएपछि १० हजारभन्दा बढी कुखुरा तथा हाँस मारिएका थिए । त्यसपछि अधिकांश क्वारेन्टाइनमा बलियो परीक्षण संयन्त्र बनाएको भन्दै सरकारी अधिकारीहरुले सहजै नेपालमा बर्डफ्लू भित्रन नसक्ने दाबी गरेका थिए । सन् १९९७ मा हङकङमा यो रोग पक्षीबाट मानिसमा सरेको प्रमाणीत भएको थियो ।

गरीबी पीडा र अभाब;सबै सन्तान दृष्टिविहीन


गरीबी पीडा र अभाब;सबै सन्तान दृष्टिविहीन

रुकुमको गरायला-३, चौखाकी ३० वर्षीया रुपा गन्धर्वले विवाह गरेको आठ वर्षमै १० सन्तानलाई जन्म दिइन्। तीमध्ये बाँचेका चारै जना सात वर्षीय गणेश, दुई वर्षकी मनीषा र तीन महिनाका जुम्ल्याहा गङ्गा-जमुना दृष्टिविहीन छन्, आँखा देख्दैनन्। सबैका आँखाका नानी सेतै फुलेका छन्, तर एक निम्नवर्गीय दलित परिवारकी रुपाले पैसाको अभावमा उनीहरूको उपचार गराउन सकेकी छैनन्। रुपाका छोराछोरीको उपचार जिल्लामा सम्भव नभएको जिल्ला अस्पताल रुकुमका चिकित्सक डा. युधिष्ठिर खड्का बताउँछन्।
जन्मेको एक महिनादेखि एक वर्षको बीचमा मृत्यु भएका उनका अरू ६ सन्तान पनि आँखा देख्दैनथे। “बाँचेका छोराछोरी सबै आँखा नदेख्ने भएकाले नै आठ वर्षमा १० सन्तान जन्माउने बाध्यता परेको थियो”, उनले भनिन्, “जहाँ पातलो त्यहीँ चुहिँदोरहेछ। भगवानले पनि मलाई नै कस्तो सजाय दिएका होलान्!” यो पीडा त छँदै थियो, श्रीमान् दिलबहादुर गन्धर्वले पनि रुपालाई हेरविचार गर्न छाडेर दोस्रो विवाह गरेका छन्। दोस्री पत्नीबाट उनका दुई स्वस्थ छोरा-छोरी जन्मेका छन्।
बर्सेनि बच्चा जन्माएकी र सुत्केरी अवस्थामा पर्याप्त आराम एवं पोषिलो खाना नपाएकी रुपाको शरीर अत्यन्त कमजोर भएको छ। डा. खड्काले अब पनि बच्चा पाउन खोजेमा आमाकै ज्यान जान सक्ने बताए।

रक्तचन्दनले मच्चायो रडाको ? “खोज खबर”


रक्तचन्दनले मच्चायो रडाको ? “खोज खबर”

रतिबन्धित रक्तचन्दनको तस्करी बढ्न थालेपछि वन तथा भू-संरक्षण मन्त्रालयले तस्करी रोक्न विशेष अनुसन्धान ब्युरो गठनको तयारी गरेको थीयो । तस्करहरूले हेलिकोप्टर, एम्बुलेन्स मार्फत रक्तचन्दन तस्करी गर्न भने छोडेका छैनन । ट्रक देखी एम्बुलेन्स र हेलिकोप्टर सम्म रक्तचन्दनै रक्तचन्दको तस्क । खोई कहाँ छ सुरक्षाकर्मीको उपस्थिती ?

  • krishna
    त्यत्रो बहुमुल्य रक्तचन्दन लाई जलाउने बिगार्ने होइन बरु गुठि संस्थान को जिम्मा लगाएर नेपाल र भारत का देवी- देवता का मन्दिर हरुलाई तिनीहरुको भक्तजन हरुको संख्या हेरेर सदुपयोग हुने गरि वितरण गर्नु पर्छ. यसो गर्न सकेमा भक्तजन मात्र होइन, देवी-देवता समेत खुशी होलान.
    Well-loved. Like or Dislike: Thumb up 13 Thumb down 3
  • usman sherpa
    देशको सिमानामा देशको मूल राजधानी मा देशको जनता मा एस्त धेरै मा छैन गर्ने कोइ सुरक्छा…योता पैशा kamaune मुल्पेशा हो…एस्लाई सुरक्छा कर्मीले सुरक्छा संग इंडिया देखि ल्याएको रक्तचन्दन नेपाल परगरी चीनमा पुराउने काम मात्रै हो
    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 1
  • sushil neupane (s. korea)
    येस्तई हो हाम्रो देश
    मन परे हरियो, नपरे रातो Thumb up 2 Thumb down 0
  • Chemjong padam
    कर्मचारी तंन्त्र र नेताहरूले खाएर जीर्ण भएकाे देशकाे सानालाई मात्र ऐनकाे िनसाना बनाई जफत गरेकाे रक्तचन्दन् राज्यकाे वा जनताकाे नाममा जंम्मागरी रािष्ट्य हितमा खुलेर चलाउन पाउने ब्यबस्था बनाई बरामद जेसुकै पनी गैर कानुनी ठहरीए रािष्टय सम्पतीमै जम्मागरी भ्रष्टचारी कर्मचारीकाे कालाे िनयद बाट बचाई देश र जनताकाे उन्नतीमा प्रयाेग गर्नु पर्छ । यस्लाई कानुनमा छैन भनेर नष्ट गर्नु हुदैन । ठूलालाई चैनकाे मान्यतामा आजसंम्म बचेकाे सुईकाे वा प्रमाण फेलापरे िसधै सर्बस्वाे सहीत जन्म कैद गर्नु पर्छ अनी मात्र एस्ता चाेरहरू बाट मूलुकलाई थाेरै भएपनी बचाउन सकीन्छ जस्ताेलाग्छ । धन्यबाद !
    मन परे हरियो, नपरे रातो Thumb up 1 Thumb down 0

अचम्म लाग्दो स्पर्स थेरापी ! के हो स्पर्स थेरापी ?


अचम्म लाग्दो स्पर्स थेरापी ! के हो स्पर्स थेरापी ?


  • rajan raj adhikari
    कार्यक्रम राम्रो लाग्यो!! तर कार्यक्रम संचालिका को बोल्ने शैली अनि बोल्दा दिनु पर्ने हाउ भाउ,अनि बोलीमा हुने आकर्ससिता 0 % छ ! संचालिका जी गारो नमानदिनु होला !!
    Well-loved. Like or Dislike: Thumb up 102 Thumb down 8
  • rolpa ko oli hal saudi arab bat
    स्पर्सथेरापी मैले आज हेरे र टीकैहो र संचालिका ले अलि गलत प्रचार गरेको फिल भयो मलाई किनाकी ति भगत ले हात टावका मा राखी सके पछी उसको ओट चलेको स्पस्ट दय्खिन्छ उसले मन मनै मन्त्र जपी रहेको फिल हुन्छ तर उ केटी ले चाहि कुनै मन्त्र पनि होइना मात्र हात राख्य्को भन्दा ठिक लागय्ना हो ति स्पर्स थेरापी गर्ने मान्छी ले कुनै चिज मन्त्र बलले आफ्नो बसमा राखना सफल भयाको कारणले नै यो काममा सफल हुनु भयाको रहेछ
    Well-loved. Like or Dislike: Thumb up 23 Thumb down 7
  • usman sherpa
    महान गोरु हुनु हुदो रैछा येस्तई गरि बेला बेलामा सबै को उपचार जारी राखी दिनु हुन आशा गर्दा छोउ….गोरु जी कि जय
    Hot debate. What do you think? Thumb up 16 Thumb down 24
  • uma
    कुन नेताको छोरी हो कि साली हो कार्यक्रम प्रस्तोता बोल्न पनि नजान्ने जागिर त राम्रो पचौदाई रहेछा कुन पार्टी कार्यकर्ताले
    Well-loved. Like or Dislike: Thumb up 58 Thumb down 2

अचम्म लाग्दो स्पर्स थेरापी ! के हो स्पर्स थेरापी ?


अचम्म लाग्दो स्पर्स थेरापी ! के हो स्पर्स थेरापी ?


  • rajan raj adhikari
    कार्यक्रम राम्रो लाग्यो!! तर कार्यक्रम संचालिका को बोल्ने शैली अनि बोल्दा दिनु पर्ने हाउ भाउ,अनि बोलीमा हुने आकर्ससिता 0 % छ ! संचालिका जी गारो नमानदिनु होला !!
    Well-loved. Like or Dislike: Thumb up 102 Thumb down 8
  • rolpa ko oli hal saudi arab bat
    स्पर्सथेरापी मैले आज हेरे र टीकैहो र संचालिका ले अलि गलत प्रचार गरेको फिल भयो मलाई किनाकी ति भगत ले हात टावका मा राखी सके पछी उसको ओट चलेको स्पस्ट दय्खिन्छ उसले मन मनै मन्त्र जपी रहेको फिल हुन्छ तर उ केटी ले चाहि कुनै मन्त्र पनि होइना मात्र हात राख्य्को भन्दा ठिक लागय्ना हो ति स्पर्स थेरापी गर्ने मान्छी ले कुनै चिज मन्त्र बलले आफ्नो बसमा राखना सफल भयाको कारणले नै यो काममा सफल हुनु भयाको रहेछ
    Well-loved. Like or Dislike: Thumb up 23 Thumb down 7
  • usman sherpa
    महान गोरु हुनु हुदो रैछा येस्तई गरि बेला बेलामा सबै को उपचार जारी राखी दिनु हुन आशा गर्दा छोउ….गोरु जी कि जय
    Hot debate. What do you think? Thumb up 16 Thumb down 24
  • uma
    कुन नेताको छोरी हो कि साली हो कार्यक्रम प्रस्तोता बोल्न पनि नजान्ने जागिर त राम्रो पचौदाई रहेछा कुन पार्टी कार्यकर्ताले
    Well-loved. Like or Dislike: Thumb up 58 Thumb down 2
  • Naresh
    यो फेरी अर्को अन्ध विस्वास फुलाउने मेलो त होलानी हैनर?
    Well-loved. Like or Dislike: Thumb up 30 Thumb down 2

नेपाल र भारतबीच दोहोरो कर नलाग्ने सम्झौतामा हस्ताक्षर


नेपाल र भारतबीच दोहोरो कर नलाग्ने सम्झौतामा हस्ताक्षर

नेपाल र भारतबीच दोहोरो कर नलाग्ने सम्झौतामा आज हस्ताक्षर भएको छ । प्रधानमन्त्री कार्यालयमा भएको सम्झौता हस्ताक्षर कार्यक्रममा नेपालका अर्थमन्त्री वर्षमान पुन र उनका भारतीय समकक्षी प्रणव मुखर्जीले हस्ताक्षर गर्नुभएको छ । प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको उपस्थितिमा सम्झौता भएको हो । यो सम्झौतापछि एक देशमा आयकर बुझाएपछि अर्को देशमा उक्त रकम बराबरको कर तिर्नुपर्ने प्रावधान अब हट्ने भएको छ । सन् १९८७ मा भएको यो सम्झौता प्रतिस्थापन हुने गरी नयाँ सम्झौता भएको हो । यो सम्झौतामा विद्यार्थीले पाउने छात्रवृत्ति अनुसन्धान शोधका लागि पाउने भत्तामा ६ वर्षसम्म आयकर नलाग्ने व्यवस्था गरिएको छ । यसैगरी सम्झौतामा एक अर्का देशका करदाताहरुको सुचना आदानप्रदान गर्ने उल्लेख छ । नेपालमा कर छलेर सीमापारी जाने व्यक्तिबाट भारत सरकारले समेत कर उठाइदिन सक्ने भएकाले नेपाललाई फाइदा हुने बताइएको छ । ३१ बुँदे यो सम्झौताले नेपालको आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा लिइएको छ । नेपालमा आयकरको दर कम भएकाले यो सम्झौतापछि नेपालमा लगानी बढ्ने विश्वास दुवै देशले लिएका छन् । सम्झौता अनुसार भारतीय लगानीकर्ताले भारतमा आयकर तिरेर नेपाल ल्याउने रकममा आयकर तिर्नुपर्ने छैन । नेपालका प्रधानमन्त्री डाक्टर भट्टराईको भारत भ्रमणका क्रममै सम्झौता हुने भनिए पनि दोहोरो कर नलाग्ने सम्झौता भारतको मन्त्रिपरिषद्बाट पारित नहुँदा सम्झौता हुन सकेको थिएन ।
विभिन्न दलका नेता तथा पेशाकर्मीहरुले नेपाल र भारतबीच सम्पन्न द्धिपक्षीय लगानी प्रवर्धन तथा संरक्षण सम्झौता बिप्पा राष्ट्रहितमा नभएको दाबी गरेका छन् । आज राजधानीमा भएको कार्यक्रममा सहभागिहरुले भारत भ्रमणको क्रममा बिप्पा सम्झौता गरेर प्रधानमन्त्री डा. बाबुराम भट्टराइले राष्ट्रलाई धोका दिएको आरोप लगाए । कार्यक्रममा बरिष्ठ चिकित्सक उपेन्द्र देबकोटा, नागरिक समाजका सुन्दरमणी दिक्षित एमालेका बिजय पौडेल र माओदीका देब गुरुङले प्रधानमन्त्री भट्टराईले स्वदेशमा छलफल र तयारी नै नगरी विप्पा सम्झौता गरेको वताउनुभयो । माओवादी नेता गुरुङले भारतीय लगानीकर्तालाई क्षतीपुर्ती दिने सम्झौताले नेपाललाई टाट पल्टाउने दावी गर्नुभयो ।